एमाले केन्द्रीय कमिटी बैठक आज, बन्दसत्र दिउँसो साढे १२ बजे
काठमाडौं।नेकपा (एमाले)ले आज केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ९ बजे पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा बस्नेछ।

उनले बैठकमा पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिए। केन्द्रीय कमिटी बैठक तय भएकै कारण बिहान ८ बजेका लागि तय गरिएको महाधिवेशनको बन्दसत्र समय सारेर दिउँसो साढे १२ बजेका लागि सारिएको गौतमले बताए।
शनिबारदेखि सुरु भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि प्रारम्भ हुँदैछ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमसमेत रहेको छ।












