विराटनगर विमानस्थलमा प्रचण्डमाथि दुर्व्यवहार: एक व्यक्ति पक्राउ – Sagarmathapana:: Online News Portal

विराटनगर विमानस्थलमा प्रचण्डमाथि दुर्व्यवहार: एक व्यक्ति पक्राउ

   २०८२ मंसिर १६ गते  

विराटनगर-पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि विराटनगर विमानस्थलमा दुर्व्यवहार गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रचण्ड विराटनगरमा आयोजित सन्देशसभामा सहभागिता जनाएर काठमाडौं फर्किन लाग्दा विमानस्थलभित्र रहेको कफी सपमा मदिरा सेवन गरेका एक व्यक्तिले उनीमाथि चर्को स्वरमा गालीगलौज गरेको प्रहरीले जनाएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सो घटनामा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै भने, “दुर्व्यवहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।”

घटना कक्ष (चेक–इन) बन्द भइसकेपछि भएको हो। प्रचण्ड कफी सपतर्फ जाँदै गर्दा ती व्यक्तिले आकस्मिक रूपमा चर्को आवाजमा गाली गर्न थालेको प्रत्यक्षदर्शी तथा नेकपा नेता हर्कबहादुर नेम्वाङ मिक्सोलाई उद्धृत गर्दै बताइएको छ।

पक्राउ परेका व्यक्ति मदिरा सेवन गरिएको अवस्थामा रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। उनीसँगै उदयपुरका अनुपबहादुर बस्नेत पनि पक्राउ परेका छन्। बस्नेत बुद्ध एयरको काठमाडौं उडानमा जान तयारी अवस्थामा थिए। दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै