प्रतिस्पर्धी ब्याजदरमा एनआईसी एशियाको नयाँ ‘शेयर धितो कर्जा’ योजना – Sagarmathapana:: Online News Portal

प्रतिस्पर्धी ब्याजदरमा एनआईसी एशियाको नयाँ ‘शेयर धितो कर्जा’ योजना

   २०८२ मंसिर ५ गते  

काठमाडौं।एनआईसी एशिया बैंकले शेयर धितो राखी कर्जा लिन इच्छुक ग्राहकका लागि आकर्षक योजना ‘एनआईसी एसिया शेयर लोन’ सार्वजनिक गरेको छ।शून्य प्रिमियम सुविधा र प्रतिस्पर्धी ब्याजदरसमेत रहेको यस कर्जाले व्यक्तिगत तथा संस्थागत दुबै प्रकारका लगानीकर्तालाई लक्षित गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार ग्राहकहरूको आवश्यकता, बजारको चाल तथा समयको मागलाई ध्यानमा राख्दै जारी गरिएको यो कर्जा योजना शेयर बजारलाई अझ प्रभावकारी रूपमा समर्थन गर्ने उद्देश्यले ल्याइएको हो। अर्थतन्त्रको प्रमुख स्तम्भ मानिने पुँजीबजारमा पहुँच सहज बनाउन यो योजना प्रभावकारी हुने बैंकको दाबी छ।

यस कर्जाअन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड रुपैयाँसम्म र संस्थागत लगानीकर्ताले अधिकतम ५० करोड रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरिएको छ। कर्जा प्रक्रिया छिटो, पारदर्शी र सहज हुने बैंकले जनाएको छ।


ग्राहकलाई समयमै परामर्श, सुझाव, गुनासो तथा कर्जा सम्बन्धी जिज्ञासाको समाधान गर्न बैंकले ‘कर्जा सहायता केन्द्र’ को व्यवस्था गरेको छ, जसले एकद्वार प्रणालीमार्फत सेवा प्रदान गर्नेछ।

एनआईसी एशियाले यो योजना लागू भएपछि शेयर धितो कर्जामा चासो बढ्ने तथा पुँजीबजारमा तरलता विस्तार हुने अपेक्षा राखेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै