ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले गाडी फिर्ता गरे, सापकोटा र रानाभाटको दशैंपछि फिर्ता गर्ने प्रतिबद्धता – Sagarmathapana:: Online News Portal

ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले गाडी फिर्ता गरे, सापकोटा र रानाभाटको दशैंपछि फिर्ता गर्ने प्रतिबद्धता

   २०८२ आश्विन १३ गते  

काठमाडौं।पूर्वसभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले प्रतिनिधिसभाबाट पाएको सवारीसाधन फिर्ता गरेका छन्। प्रतिनिधिसभा सचिवालयले निर्देशन दिएपछि उनीहरूले प्रयोगमा रहेका सरकारी गाडी बुझाएका हुन्।

त्यस्तै अर्का पूर्वसभामुख अग्नि सापकोटा र पूर्वउपसभामुख तारानाथ रानाभाटले भने दशैंको बिदा सकिएलगत्तै गाडी फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। सचिवालयका अनुसार पूर्वपदाधिकारीहरूले प्रयोग गरिरहेका गाडी फिर्ता लिने प्रक्रिया सुरु भइसकेको छ।

संसद सचिवालयका अधिकारीहरूले स्पष्ट पारे अनुसार, पदावधि सकिएका पूर्वपदाधिकारीहरूले तत्काल गाडी फिर्ता गर्नु पर्ने कानुनी व्यवस्था भए पनि केहीले ढिलाइ गरेका कारण सचिवालयले औपचारिक रूपमा ध्यानाकर्षण गराएको हो।

यसअघि पनि पदावधि सकिएका मन्त्री, सांसद तथा पदाधिकारीहरूले सरकारी सुविधा वापत लिएका गाडी समयमै नफिर्ता गरेको विषय चर्चामा आइरहँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै