दोहामा आयोजित ‘Voice of Qatar’ मा नेपाली प्रतिभा अहना गुरुङ First Runner-Up – Sagarmathapana:: Online News Portal

दोहामा आयोजित ‘Voice of Qatar’ मा नेपाली प्रतिभा अहना गुरुङ First Runner-Up

   २०८२ भाद्र २० गते  

दोहा । अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न ‘Voice of Qatar’ गायन प्रतियोगितामा नेपाली गायिका अहना गुरुङले उत्कृष्ट सफलता हासिल गरेकी छिन् । उनले Senior Category मा First Runner-Up उपाधि जित्नुका साथै Best Performer Award पनि हात पार्दै नेपालीको कला–सांगीतिक गौरव उच्च बनाएकी छन्।

प्रतियोगितामा करिब ४०० प्रतिस्पर्धीले अडिसन दिएका थिए। प्रारम्भिक छनोट हुँदै ८० जना क्वाटरफाइनल, ३० जना सेमिफाइनल र अन्ततः १० जना (५ एड्ल्ट र ५ जुनियर) मात्र फाइनलमा पुगेका थिए। फाइनलमा अहनाले दमदार प्रस्तुति दिँदै निर्णायक तथा दर्शक सबैको मन जितेकी थिइन्।

कार्यक्रममा बलिउडकी चर्चित गायिका मधुश्री र संगीतकार रवि बादल निर्णायक मण्डलीमा रहेका थिए। साथै भारत, इक्वाडोर, कोस्टारिकाका राजदूतहरू, कतारका मन्त्रीहरू तथा अन्तर्राष्ट्रिय स्तरका उच्च पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

‘Voice of Qatar’ को आयोजना रेडियो ओलिभले गरेको हो। दोहास्थित Sheraton Grand Hotel मा सम्पन्न भव्य कार्यक्रमलाई प्रत्यक्ष प्रशारणसमेत गरिएको थियो।

यसअघि अहना गुरुङले चर्चित नेपाली गीत ‘नेपालकी छोरी बोल’ मा पनि स्वर दिएकी थिइन्। अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यो सफलता नेपाली सांगीतिक प्रतिभा विश्वभर फैलिँदो र स्थापित हुँदै गएको प्रमाण भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै