आज पुनः सुनचाँदीको मूल्यमा वृद्धि
काठमाडौं-साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २,३०० रुपैयाँले बढेर तोलाको १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार भने सुनको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। आइतबार चाँदी तोलामा २,३५० रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार यसको मूल्य २,३१० रुपैयाँ थियो।
मुल्य निरन्तर बढ्दै जाँदा बजारमा सुनचाँदी कारोबार गर्नेहरू उत्साहित देखिएका छन् भने सामान्य ग्राहक भने अन्यौलमा परेका छन्।












