ज्ञानेन्द्र शाहीको आरोप: “भिजिट भिसा प्रकरणमा अग्नि सापकोटालाई साटियो” – Sagarmathapana:: Online News Portal

ज्ञानेन्द्र शाहीको आरोप: “भिजिट भिसा प्रकरणमा अग्नि सापकोटालाई साटियो”

   २०८२ जेष्ठ ३१ गते  

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा सत्तारूढ माओवादी केन्द्रप्रति गम्भीर आरोप लगाएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै शाहीले गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको मागबाट माओवादी केन्द्र पछि हटेको र त्यसको सट्टामा पूर्व सभामुख अग्नि सापकोटालाई पक्राउबाट जोगाएको दाबी गरेका छन्।

“ल, बधाई छ कमरेड प्रचण्ड उर्फ माओवादी साथीहरू, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछि हटेबापत ज्यान मार्ने प्रकरणका अभियुक्त अग्नि सापकोटालाई पक्राउ हुनबाट जोगाउनुभयो,” शाहीले लेखेका छन्, “विडम्बनाका साथ भन्नुपर्छ, संसद अब जनताको कानुन बनाउने थलो नभएर सेटिङ हुने थलो बन्न पुगेको छ।”

भिजिट भिसाको दुरुपयोग, मानव तस्करीजस्ता संवेदनशील मुद्दामा गठबन्धन दलहरूको व्यवहारमाथि प्रश्न उठाउँदै उनले संसदको भूमिकामै नै गम्भीर प्रश्न चिन्ह खडा गरेका छन्।

यसअघि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद अवरुद्ध गर्दै आएका थिए। तर पछिल्लो सहमतिपछि छानबिन समिति गठनको माग पनि फिर्ता लिइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै