
काठमाडौं।संखुवासभाका लोकप्रिय युवा नेता, (राप्रपा)राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य, शिक्षासेवी तथा समाजसेवी तेन्जिङ भोटिया जिल्लावासीको सेवामा दिनरात खटिरहेका छन्। शिक्षा, स्वास्थ्य, र सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएका भोटिया आफूलाई साँचो अर्थमा जनताको नेता सिद्ध गरिसकेका छन्।

तेन्जिङ भोटिया ले जिल्लामा असहाय, विपन्न, दुःखी पीडित तथा बिरामीहरुलाई सहयोग गर्दै आएका छन्। विद्यालय सञ्चालनमार्फत शिक्षा क्षेत्रमा सुधार ल्याउन कटिबद्ध लागेका भोटिया थुप्रै विपन्न विद्यार्थीहरुलाई समेत छात्रवृत्ति दिँदै आएका पनि छन्। जनताको दुःखमा सधैं साथ दिने र समस्याहरूको समाधान खोज्ने उनको शैलीले उनलाई जिल्लामा सबै दलका नेताहरु भन्दा फरक र विशेष बनाएको छ।

गत निर्वाचनमा पराजित भए पनि उनले हिम्मत हारेका छैनन्। बरु अझ बलियो प्रतिबद्धताका साथ जिल्लावासीको सेवामा जुटिरहेका छन्। जनतासँग प्रत्यक्ष संवाद, युवाहरूलाई अवसर प्रदान गर्ने अभियान, तथा जिल्लाको समग्र विकासका लागि उनले देखाएको दृढ संकल्पका कारण उनी २०८४ को चुनावमा जिल्लावासीको पहिलो रोजाइ बन्ने सम्भावना उच्च देखिन्छ।

एमाले र कांग्रेसको सरकार हुँदाहुँदै पनि जिल्लावासीका समस्याहरु हल नभएको अवस्थामा, तेन्जिङ भोटियाले एक सशक्त विकल्पको रुपमा आफूलाई उभ्याइरहेका छन्। “राजनीति सत्ता प्राप्तिका लागि होइन, जनताको सेवा गर्नका लागि हो” भन्ने सिद्धान्तमा अडिग रहेका उनले २०८४ को चुनावमा विकास, समृद्धि, र न्यायको प्रतिबद्धतासहित अगाडि बढ्ने संकेत दिएका छन्।

जनताको मन जित्दै र उनीहरुका आवश्यकतामा समर्पित हुँदै, भोटियाले २०८४ को चुनावमा ऐतिहासिक नतिजा ल्याउने विश्वास उनका समर्थकहरु व्यक्त गरिरहेका छन्। अब आउने चुनावमा, सङ्खुवासभाका जनताले साँचो अर्थमा आफ्नो सेवक छान्ने अवसरको रुपमा रहनेछ!




