समाजवादी पार्टी (नयाँ शक्ति)डा.बाबुराम भट्टराई नेतृत्वको पार्टीको नयाँ नाम – Sagarmathapana:: Online News Portal

समाजवादी पार्टी (नयाँ शक्ति)डा.बाबुराम भट्टराई नेतृत्वको पार्टीको नयाँ नाम

   २०८१ कार्तिक ७ गते  

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ ।

नेपाल समाजवादी पार्टी (नेसपा) को पोखरामा भएको विधान अधिवेशनले आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्नेसमेत निर्णय गरेको छ ।

पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णय समेत गरेको छ ।

विधान अधिवेशनले विचार र सिद्धान्त मिल्ने नयाँ दलहरूसँग पार्टी एकता र ध्रुवीकरण गर्दै अगाडि जाने प्रस्ताव गरे पनि माओवादी केन्द्र लगायतका पुराना दलहरूसँग भने एकता नगर्ने निष्कर्ष निकालेको छ ।

विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने टुङ्गो लगाएको छ । पदाधिकारीहरुमा अध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–१, सचिव–३ र कोषाध्यक्ष–१ रहने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै