बिलाम मुक्तान
कुर्दिस्तान।नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको पाँचौँ अधिवेशनबाट श्याम मम्बा तामाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
शुक्रबार, २ अक्टोबर २०२६ मा कुर्दिस्तानस्थित नेपाली रेस्टुरेन्ट एन्ड बारमा सम्पन्न अधिवेशनले मम्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

![]()
अधिवेशनको सभापतित्व निवर्तमान अध्यक्ष अर्जुन मोक्तानले गरेका थिए। कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय समितिका अध्यक्ष रामकृष्ण लामा तामाङले भर्चुअल माध्यमबाट प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा अध्यक्ष लामाले नेपाल तामाङ घेदुङ तामाङ समुदायको साझा छाता संगठनका रूपमा नेपालमा मात्र नभई विश्वका विभिन्न देशमा रहेका तामाङ समुदायलाई जोड्ने महत्वपूर्ण संस्था भएको बताए।

उनले प्रवासमा रहेका तामाङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृति, कला तथा पहिचान संरक्षण र पुस्तान्तरणमा घेदुङको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
“घेदुङ तामाङ समुदायको साझा छाता संगठन हो। नेपालमा मात्र सीमित नभई विश्वका विभिन्न देशमा फैलिएको तामाङ समुदायको भाषा, संस्कार र संस्कृति जोगाउँदै पुस्तान्तरण गर्न घेदुङको भूमिका महत्वपूर्ण छ,” अध्यक्ष लामाले भने।
नवनिर्वाचित कार्यसमितिले प्रवासमा रहेका तामाङ समुदायलाई थप संगठित गर्दै संस्थाको उद्देश्यअनुसार प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष मम्बासहित नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिइएको थियो।

अधिवेशनमा गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष निम दोर्जे शेर्पा विशेष अतिथिका रूपमा सहभागी थिए।
त्यस्तै, नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीकी अध्यक्ष जेसिका बोम्जन तामाङ, पूर्व अध्यक्ष शोभा भुजेल, अग्रज बुद्धिजीवी इन्द्र श्रेष्ठ, कमल वाइबा, निर्वाचन समितिका संयोजक, नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका संस्थापक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा तामाङ समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

नवनिर्वाचित कार्यसमिति
● अध्यक्ष: श्याम मम्बा तामाङ
● वरिष्ठ उपाध्यक्ष: प्रकाश योन्जन तामाङ
● महिला उपाध्यक्ष: धनमाया लामा तामाङ
● महासचिव: विजय हिमरुङ तामाङ
● कोषाध्यक्ष: राजु थोकर तामाङ
● सदस्य: युवराज तामाङ
● सदस्य: सुजन तामाङ
● सदस्य: सुष्मा तामाङ
● सदस्य: निमा साङ्मो तामाङ
नवनिर्वाचित कार्यसमितिले तामाङ भाषा, धर्म, कला, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै प्रवासमा रहेका तामाङ समुदायलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएको छ।
अधिवेशन सफल बनाउन सहयोग गर्ने सभापति तथा निवर्तमान अध्यक्ष अर्जुन मोक्तान, प्रमुख अतिथि रामकृष्ण लामा तामाङ, विशेष अतिथिहरू विनोद श्रेष्ठ र निम दोर्जे शेर्पा तथा सम्पूर्ण NRNA इराक परिवारप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
कार्यक्रममा उपस्थित जेसिका बोम्जन तामाङ, शोभा भुजेल, इन्द्र श्रेष्ठ, कमल वाइबा, निर्वाचन समिति, संस्थापक, अग्रज, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरू लगायत सम्पूर्ण उपस्थित समुदायप्रति समेत आयोजकले आभार व्यक्त गरेको छ।
अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको जानकारी नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष तथा विदेश समन्वय प्रमुख रूपबहादुर योञ्जनले दिएका हुन्।



