डा. हरिशरण अर्याल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रार नियुक्त
काठमाडौं।डा. हरिशरण अर्याल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रार पदमा नियुक्त भएका छन्। नियुक्तिपछि उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सामा स्वर्ण पदकसहित एमडी गरेका डा. अर्याल सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन्।

यसअघि उनले नरदेवी आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्। डा. अर्याल नेपाल आयुर्वेद मेडिकल काउन्सिल तथा सिंहदरबार वैद्यखाना विकास समितिका पूर्व कार्यकारी सदस्यसमेत हुन्।
रजिस्ट्रारको जिम्मेवारी पाएसँगै उनले आयुर्वेद चिकित्सा क्षेत्रको नियमन, व्यवस्थापन तथा परिषद्का प्रशासनिक कार्यमा भूमिका निर्वाह गर्नेछन्।












