३ वर्षीय बालिका गरिमा चौधरीको हत्या विरोधमा धरानमा प्रदर्शन – Sagarmathapana:: Online News Portal

३ वर्षीय बालिका गरिमा चौधरीको हत्या विरोधमा धरानमा प्रदर्शन

   २०८३ भाद्र ५ गते  

धरान।सुनसरीको धरानस्थित भानुचोकमा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा प्रदर्शन गरिएको छ।

घटनाको विरोध तथा दोषीलाई कडा कारबाहीको माग गर्दै श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा उपमहासचिव समीर तामाङसहित स्थानीय तथा आम नागरिक प्रदर्शनमा सहभागी भएका छन्।


प्रदर्शनकारीहरूले बालिकाको हत्या जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा यस्ता घटना दोहोरिन नदिन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले पीडित परिवारलाई न्याय दिलाउन र घटनाको निष्पक्ष छानबिन गर्नसमेत माग गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै