पशुपतिनाथमा प्रहरी श्रीमती संघद्वारा निःशुल्क स्वास्थ्य शिविर र खानेपानी वितरण – Sagarmathapana:: Online News Portal

पशुपतिनाथमा प्रहरी श्रीमती संघद्वारा निःशुल्क स्वास्थ्य शिविर र खानेपानी वितरण

   २०८३ श्रावण १९ गते  

काठमाडौं।नेपाल प्रहरी श्रीमती संघले नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, काठमाडौंको प्राविधिक सहयोगमा श्रावण महिनाको तेस्रो सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका भक्तजनलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा संघका कार्यसमिति पदाधिकारी, आसरा सुधार केन्द्र रानीबारीका पदाधिकारी तथा प्रहरी कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।

श्रावण सोमबार पशुपतिनाथ मन्दिरमा ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने भएकाले उनीहरूको स्वास्थ्य परीक्षण, प्राथमिक स्वास्थ्य सेवा तथा खानेपानी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संघले जनाएको छ।

नेपाल प्रहरी श्रीमती संघले यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रममार्फत सर्वसाधारणलाई सहयोग पुर्‍याउँदै आएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै