विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता माग्दै इप्पानद्वारा नियमन आयोगलाई १२ बुँदे सुझाव – Sagarmathapana:: Online News Portal

विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता माग्दै इप्पानद्वारा नियमन आयोगलाई १२ बुँदे सुझाव

   २०८३ श्रावण १९ गते  

काठमाडौं।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले विद्युत नियमन आयोगसमक्ष निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउनेसहित १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको इप्पान टोलीले नवनियुक्त आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरूलाई बधाई दिँदै विद्युत क्षेत्रमा लगानीमैत्री वातावरण, खुला पहुँच (ओपन एक्सेस), द्विपक्षीय विद्युत व्यापार, बैंकयोग्य पीपीए, विवाद समाधान संयन्त्र तथा स्वीकृति प्रक्रियालाई सरल र समयबद्ध बनाउन आग्रह गरेको हो।

इप्पानले प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा हुने क्षतिको क्षतिपूर्ति, टेक एण्ड पे तथा कन्टिजेन्सी पीपीए, आईपीओ प्रक्रिया, जलविद्युत कम्पनीहरूको मर्जर तथा पम्प स्टोरेज आयोजनाका लागि छुट्टै नियामकीय व्यवस्था गर्न पनि माग गरेको छ।

आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले निजी क्षेत्र विद्युत विकासको महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै प्राप्त सुझावको अध्ययन गरी लगानीमैत्री, पारदर्शी र पूर्वानुमानयोग्य नियामकीय वातावरण निर्माणमा आयोग प्रतिबद्ध रहने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै