२० प्रतिशत डाउन पेमेन्टमै ठूला विद्युतीय बस किन्न सकिने, राष्ट्र बैंकले ८० प्रतिशतसम्म ऋण दिने – Sagarmathapana:: Online News Portal

२० प्रतिशत डाउन पेमेन्टमै ठूला विद्युतीय बस किन्न सकिने, राष्ट्र बैंकले ८० प्रतिशतसम्म ऋण दिने

   २०८३ श्रावण २ गते  

काठमाडौं।नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायातका रूपमा सञ्चालन हुने ठूला विद्युतीय सवारी साधन खरिद गर्न बैंक तथा वित्तीय संस्थाबाट ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था लागू गरेको छ। नयाँ निर्देशनसँगै यसअघि रहेको ६० प्रतिशत ऋण सीमालाई बढाएर सार्वजनिक प्रयोजनका ठूला विद्युतीय सवारीका लागि विशेष सहुलियत दिइएको हो।

नयाँ व्यवस्थाअनुसार १ करोड रुपैयाँ मूल्यको विद्युतीय बस खरिद गर्दा व्यवसायीले अब २० लाख रुपैयाँ मात्रै आफ्नै लगानी गर्नुपर्नेछ भने बाँकी ८० लाख रुपैयाँ बैंकबाट ऋण लिन सक्नेछन्। यसअघि भने ४० लाख रुपैयाँ डाउन पेमेन्ट अनिवार्य थियो। 

राष्ट्र बैंकले जेन–जी आन्दोलनबाट प्रभावित सार्वजनिक यातायात तथा व्यावसायिक सवारी क्षेत्रलाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ। यसले विद्युतीय सार्वजनिक सवारीमा लगानी बढ्ने, व्यवसायीलाई वित्तीय सहजता मिल्ने र वातावरणमैत्री सार्वजनिक यातायात विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै