स्वदेशी जुत्ता उद्योगलाई सरकारको साथ, प्रधानमन्त्री शाहले दिए नीतिगत सहजीकरणको प्रतिबद्धता – Sagarmathapana:: Online News Portal

स्वदेशी जुत्ता उद्योगलाई सरकारको साथ, प्रधानमन्त्री शाहले दिए नीतिगत सहजीकरणको प्रतिबद्धता

   २०८३ श्रावण २ गते  

काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ताचप्पल उद्योगको विकास र विस्तारका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी उत्पादनको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना र निर्यात विस्तार सरकारको प्राथमिकतामा रहेको बताए।

छलफलका क्रममा उद्योगीहरूले स्वदेशी जुत्ताचप्पल उद्योगले भोगिरहेका चुनौती, उत्पादन वृद्धि, बजार विस्तार तथा प्रतिस्पर्धी क्षमता अभिवृद्धिका लागि आवश्यक नीतिगत सुधारबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री शाहले उद्योगीहरूको सुझावलाई सकारात्मक रूपमा लिँदै स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै