काठमाडौंमा RF3 World को औपचारिक कार्यक्रम सम्पन्न, संस्थापक Dato’ Sri Nazeri Omar को विशेष सहभागिता – Sagarmathapana:: Online News Portal

काठमाडौंमा RF3 World को औपचारिक कार्यक्रम सम्पन्न, संस्थापक Dato’ Sri Nazeri Omar को विशेष सहभागिता

   २०८३ असार २८ गते  

काठमाडौं।मलेसियामा स्थापना भएको स्वास्थ्य तथा सौन्दर्य सम्बन्धी उत्पादन र मार्केटिङ व्यवसाय सञ्चालन गर्दै आएको RF3 World ले नेपालमा आफ्नो औपचारिक उपस्थितिलाई थप सुदृढ बनाउने उद्देश्यका साथ शनिबार काठमाडौं स्थित Marriott Hotel मा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा RF3 World का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत Dato’ Sri Nazeri Omar सहित कम्पनीका अन्तर्राष्ट्रिय प्रतिनिधि, नेपालका समन्वयकर्ता केवल कुलुङ राई,वितरक तथा व्यवसायिक साझेदारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालका समन्वयकर्ता केवल कुलुङ राईले RF3 World को स्थापना, व्यवसायिक अवधारणा, उत्पादन तथा नेपालमा कम्पनीको भावी योजनाबारे जानकारी दिएका थिए। उनका अनुसार कम्पनीले स्वास्थ्य पूरक (Health Supplement) र व्यक्तिगत हेरचाहसम्बन्धी उत्पादनमार्फत विभिन्न देशमा आफ्नो बजार विस्तार गर्दै आएको छ। कम्पनीले विश्वका धेरै देशमा आफ्नो नेटवर्क विस्तार गरेको दाबी गरेको छ।  

कार्यक्रममा RF3 World को व्यवसायिक मोडल, उद्यमशीलता विकास तथा स्वास्थ्यसम्बन्धी उत्पादनको प्रयोगबारे पनि प्रस्तुति गरिएको थियो।सहभागीहरूले कम्पनीको व्यवसायिक अवसर र अन्तर्राष्ट्रिय नेटवर्क विस्तारका विषयमा छलफल गरेका थिए।  

यद्यपि कार्यक्रममा केही वक्ताले कम्पनीका स्वास्थ्य पूरक उत्पादन प्रयोगबाट विभिन्न दीर्घरोगमा सकारात्मक अनुभव देखिएको दाबी गरेका भए पनि, यस्ता दाबीहरू स्वतन्त्र वैज्ञानिक अनुसन्धान वा नेपालका स्वास्थ्य नियामक निकायबाट पुष्टि भएका छैनन्।कुनै पनि स्वास्थ्य पूरक औषधिको विकल्प होइन र रोगको उपचारका लागि चिकित्सकको सल्लाह आवश्यक हुन्छ।  

सन् २०१३ मा मलेसियामा स्थापना भएको RF3 World ले स्वास्थ्य, सौन्दर्य तथा नेटवर्क मार्केटिङ क्षेत्रमा काम गर्दै आएको जनाएको छ। कम्पनीका संस्थापक Dato’Sri Nazeri Omar ले विभिन्न देशमा व्यवसाय विस्तार गर्दै उद्यमशीलता र प्रत्यक्ष बिक्री (Direct Selling) मार्फत रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य रहेको बताउँदै आएका छन्।  

कार्यक्रमका अन्त्यमा आयोजकले नेपालमा RF3 World को औपचारिक गतिविधि विस्तारसँगै इच्छुक व्यक्तिहरूलाई कम्पनी, यसको उत्पादन र व्यवसायिक प्रणालीबारे पर्याप्त जानकारी लिएर मात्र निर्णय गर्न आग्रह गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै