ठमेल पर्यटन विकास परिषद् निर्वाचनमा राजुमान डङ्गोल समूह विजयी
काठमाडौं।ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राजुमान डङ्गोल नेतृत्वको समूह विजयी भएको छ।
निर्वाचनमा डङ्गोल समूहले बहुमतसहित विजय हासिल गर्दै परिषद्को नयाँ नेतृत्व सम्हाल्ने अवसर पाएको हो। निर्वाचन परिणामसँगै व्यवसायीहरूले ठमेलको पर्यटन प्रवर्द्धन, व्यवसायमैत्री वातावरण निर्माण तथा संस्थागत सुधारमा नयाँ नेतृत्वबाट सकारात्मक अपेक्षा व्यक्त गरेका छन्।



निर्वाचनअघि सार्वजनिक गरिएको १० बुँदे प्रतिबद्धता कार्यान्वयन गर्दै ठमेललाई सुरक्षित, स्वच्छ, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता विजयी समूहले दोहोर्याएको छ। घोषणापत्रमा पर्यटन प्रवर्द्धन, डिजिटल ठमेल अभियान, दिगो तथा वातावरणमैत्री पर्यटन, युवा तथा महिला सहभागिता, संकट व्यवस्थापन, पारदर्शी संस्थागत प्रणाली तथा स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्यलाई प्राथमिकतामा राखिएको छ।
नवनिर्वाचित अध्यक्ष राजुमान डङ्गोलले सम्पूर्ण व्यवसायी तथा मतदाताप्रति आभार व्यक्त गर्दै सबैलाई समेटेर परिषद्लाई अघि बढाउने प्रतिबद्धता जनाए। उनले “विश्वले रोज्ने, सबैले गर्व गर्ने ठमेल निर्माण” गर्ने अभियानलाई व्यवहारमा उतार्दै पर्यटन व्यवसायको दिगो विकासका लागि सबै पक्षसँग सहकार्य गरिने बताए।
उनले निर्वाचनमा सहयोग गर्ने व्यवसायी, मतदाता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै अब चुनावी प्रतिस्पर्धा समाप्त भएको र सबैलाई एकताबद्ध भएर ठमेलको समृद्धिका लागि काम गर्न आग्रह गरे।


उम्मेदवार पद र नाम:
अध्यक्ष — राजु मान डंगोल
प्रथम उपाध्यक्ष — राजीव पाण्डे
द्वितीय उपाध्यक्ष — दावा तामाङ
तृतीय उपाध्यक्ष — चेत नाथ पुडासैनी (दिपक)
महासचिव — पशुपति कडेल
सचिव — दिलिप कडेल (मिलन)
कोषाध्यक्ष —किन्चु लामा भुटिया (श्रेष्ठ)
सदस्यहरू:
सुरेन्द्र डंगोल
सानुकाजी महर्जन
बालकृष्ण खनाल
रोशन प्रधान (शील)
शिवराम प्रधान
लिजा मानन्धर
कृष्ण बहादुर सेवाई
चन्द्रा तामाङ












