साङ्गेतडा दुर्घटनाका चालकको शव ९ दिनपछि कर्णाली किनारमा फेला – Sagarmathapana:: Online News Portal

साङ्गेतडा दुर्घटनाका चालकको शव ९ दिनपछि कर्णाली किनारमा फेला

   २०८३ असार २८ गते  

काठमाडौं।कर्णाली राजमार्गअन्तर्गत दैलेखको साङ्गेतडा क्षेत्रमा भएको सवारी दुर्घटनामा बेपत्ता भएका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार शनिबार बिहान करिब ७ बजे अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदीको किनारमा सुवेदीको शव फेला परेको हो।

असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्दा चालक सुवेदीसहित यात्रुहरू बेपत्ता भएका थिए। दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गर्दै आएको थियो।

प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै