रास्वपाको काठमाडौं जिल्ला समितिको पहिलो पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणमा जोड – Sagarmathapana:: Online News Portal

रास्वपाको काठमाडौं जिल्ला समितिको पहिलो पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणमा जोड

   २०८३ असार २२ गते  

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ।

बैठकले हालै सम्पन्न अधिवेशनबाट निर्वाचित क्षेत्र समिति, नगर समिति तथा जिल्ला समितिका सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

नवनिर्वाचित काठमाडौं जिल्ला सभापति राजा शाक्य ले संगठनको भावी कार्यदिशा, नीति तथा प्राथमिकतासहितको साङ्गठनिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यपत्रमाथि बैठकमा विस्तृत छलफल गर्दै संगठनलाई थप सुदृढ, प्रभावकारी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ।

बैठकले निवर्तमान काठमाडौं जिल्ला सभापति तथा प्रदीप बिष्ट को नेतृत्व र संगठन निर्माणमा रहेको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँप्रति बधाई तथा आगामी कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ।

रास्वपाका पूर्व काठमाडौं जिल्ला सचिव स्वयम्भर खड्का का अनुसार बैठकमा संगठनलाई आगामी दिनमा थप प्रभावकारी ढंगले अघि बढाउने विषयमा समेत छलफल भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै