पेट्रोलमा २०, डिजेलमा ३० र ग्यासमा १०० रुपैयाँ घट्यो
काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य असार १७ गते राति १२:०१ बजेदेखि लागू हुने भएको छ।
नयाँ मूल्यअनुसार:
- पेट्रोल: प्रतिलिटर २० रुपैयाँ घटाइएको
- डिजेल/मट्टितेल: प्रतिलिटर ३० रुपैयाँ घटाइएको
- एलपी ग्यास: प्रति सिलिन्डर १०० रुपैयाँ घटाइएको
- आन्तरिक हवाई इन्धन: प्रतिलिटर ४० रुपैयाँ घटाइएको
नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य घटेपछि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो। नयाँ मूल्य निगमका डिपो तथा कार्यालयबाट १५ किलोमिटर क्षेत्रभित्र लागू हुनेछ।












