गरिबको अनुहारमा मुस्कान ल्याउनु नै सरकारको मूल लक्ष्य : मुख्यमन्त्री बानियाँ – Sagarmathapana:: Online News Portal

गरिबको अनुहारमा मुस्कान ल्याउनु नै सरकारको मूल लक्ष्य : मुख्यमन्त्री बानियाँ

   २०८३ बैशाख ६ गते  

काठमाडौं-जनजाती कल्याण आश्रम नेपाल अन्तर्गत ‘आमाको माया छात्रावास’ बागमती प्रदेशले आयोजना गरेको १६औँ वार्षिक उत्सव राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै इन्द्रबहादुर बानियाँ ले गरिब, असहाय तथा अभिभावकविहीन नागरिकको सेवा गर्नु नै सरकारको प्राथमिकता भएको बताए। “गरिबको अनुहारमा मुस्कान ल्याउनु नै सरकारको मूल लक्ष्य हो,” उनले भने।

उनले मानव सेवा नै साँचो धर्म भएको उल्लेख गर्दै सत्यमा आधारित कर्मलाई जीवनको आधार बनाउनुपर्ने धारणा राखे। साथै, बागमती प्रदेश सरकारले सामाजिक न्याय, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

कार्यक्रममा विभिन्न राजनीतिक नेतृत्व, स्थानीय जनप्रतिनिधि तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले संस्थाले शिक्षा र संरक्षणमार्फत समाजमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

संस्थाले देशभर ११ वटा छात्रावास सञ्चालन गरिरहेको जानकारी दिँदै प्रदेश सरकार सामाजिक संस्थासँग सहकार्य गर्न तयार रहेको बानियाँले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै