गोरखामा हर्क साम्पाङको श्रम संस्कृति पार्टी विस्तार, जिल्ला समिति गठन – Sagarmathapana:: Online News Portal

गोरखामा हर्क साम्पाङको श्रम संस्कृति पार्टी विस्तार, जिल्ला समिति गठन

   २०८२ चैत्र २१ गते  

गोरखा- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गोरखामा पनि संगठन विस्तार गरेको छ।

गोरखा सदरमुकाममा आयोजित एक भेलाले फत्त बहादुर गुरुङ संयोजक रहेको १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो। समितिको सहसंयोजकमा राम जोशी चयन भएका छन् भने सचिवको जिम्मेवारी उज्वल थापाले पाएका छन्।

त्यस्तै सहसचिवमा निर्मल परियार र लाल बहादुर गुरुङ रहेका छन्। कोषाध्यक्षमा रुप बहादुर गुरुङ चयन हुँदा सहकोषाध्यक्षको जिम्मेवारी यम बहादुर गुरुङले पाएका छन्।

समितिका अन्य सदस्यहरूमा प्रेम गुरुङ, एलिसा गुरुङ, विकास गुरुङ, सुवास गैरे, प्रमिला थापामगर, मनु गुरुङ, मेघ गुरुङ र राम घले रहेका छन्।

पार्टीले देशभर संगठन विस्तार गर्ने अभियानअन्तर्गत गोरखामा पनि समिति गठन गरिएको जनाइएको छ। श्रम, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्दै पार्टीले आफ्नो गतिविधि अगाडि बढाउने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै