किशोरको हत्या, अर्का एक घाइते, मध्यरातमा ४ जनाद्वारा कुटपिट
घोराही,दाङ-दाङको राप्ती गाउँपालिकामा मध्यरातमा घटेको हृ’दयविदारक घटनामा १७ वर्षीय स्मिथ प्रधानको श’व फेला परेको छ भने उनका साथी १६ वर्षीय आयुशमान थापा मगर घाइते भएका छन्।
प्रहरीका अनुसार, गएराती करिब ८ बजे स्मिथ प्रधान र आयुशमान थापा मगर साथीको घर जाने भन्दै सँगै हिँडेका थिए। उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रतर्फ पुग्दा अचानक २ महिला र २ पुरुष अपरिचित व्यक्तिहरूले उनीहरूलाई कु’टपिट गरेका थिए।
कु’टपिटबाट आयुशमान थापामगरको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको छ। घाइते किशोर राति करिब ३ बजे मौरीघाटस्थित आफ्नी दिदीको साथी गंगा रोकाको घर पुगेका थिए। उनलाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनिया लगिएको छ। हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको र उपचार जारी छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
– किशोरको हत्या, अर्का एक घाइते, मध्यरातमा ४ जनाद्वारा कुटपिट
घोराही, दाङ – दाङको राप्ती गाउँपालिकामा मध्यरातमा घटेको हृ’दयविदारक घटनामा १७ वर्षीय स्मिथ प्रधानको श’व फेला परेको छ भने उनका साथी १६ वर्षीय आयुशमान थापा मगर घाइते भएका छन्।