प्रभु बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त – Sagarmathapana:: Online News Portal

प्रभु बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त

   २०८२ माघ २१ गते  

काठमाडौं। प्रभु बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा सुमन शर्मालाई नियुक्त गरेको छ।

बैंकले एक औपचारिक विज्ञप्ति जारी गर्दै नवनियुक्त सीईओ शर्मालाई स्वागत गर्दै उनको नेतृत्वमा बैंकले निरन्तर प्रगति गर्ने विश्वास व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हामी नयाँ प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मालाई स्वागत गर्दछौं र उहाँको नेतृत्वमा बैंकले अझ सशक्त उपलब्धि हासिल गर्ने अपेक्षा गरेका छौं।


बैंकिङ क्षेत्रको लामो अनुभव बोकेका शर्माले नेतृत्व सम्हालेसँगै संस्थागत सुशासन, डिजिटल बैंकिङ विस्तार तथा ग्राहक सेवामा थप सुधार ल्याउने विश्वास बैंकले लिएको छ।

प्रभु बैंक लिमिटेडले पछिल्ला वर्षहरूमा वित्तीय सेवा विस्तार, प्रविधिमैत्री प्रणाली र ग्राहक केन्द्रित रणनीतिमा उल्लेखनीय प्रगति गर्दै आएको छ। नयाँ नेतृत्वसँगै बैंकले आफ्नो दीर्घकालीन लक्ष्यहरू अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै