मेनु
Flash News

रामहरिलाई डोलप्रसादको जवाफ : हो म गर्वका साथ भन्छु– सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो ।’

काठमाडौँ।रामहरिलाई डोलप्रसादको जवाफ : हो म गर्वका साथ भन्छु– सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो ।’

आफू नेपालमै केही गरेर खाने मान्छे रहेको चोरेर खाने मान्छे नरहेको उनले बताए । ‘मेरो समय ठिकै चलेको छ सभामुख महोदय, अरुको घडीको समय बिग्रेको छ भने म के भनौं ?,’ अर्यालले छेडखान गरे ।

आफ्नो कम्पनिबाट भिजिट भिसामा गएकाहरू नेपाल नफर्किएको उदाहरण नरहेको पनि उनले बताए ।

आफ्नो कम्पनीले काम गर्दै आएको र गलत नगरेको उनको भनाइ छ । ‘हामीले कस्तो समाज निर्माण गरेछौं र गर्दैर्छौं ? यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिड्नुपर्ने !,’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले सुमिरे टूर एन्ड ट्राभल्स कसको कम्पनी हो भनेर अनावश्यक टिप्पणी भएको गुनासो गरेका हुन् ।