सर्वोच्चको फैसलाविपरीत स्थानीय तहले सार्वजनिक बिदा दिने घोषणा
काठमाडौं।सर्वोच्च अदालतले खारेज गरिदिएको ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदालाई दुई वटा स्थानीय तहले निरन्तरता दिएका छन्। बाग्लुङको ताराखोला गाउँपालिका र रोल्पाको माडी गाउँपालिकाले सर्वोच्चको फैसलाविपरीत सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्।

तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७९ सालमा फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, मन्त्रिपरिषद्को उक्त निर्णयविरुद्ध द्वन्द्व पीडितहरूको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएपछि अदालतले पुस १३ गते सार्वजनिक बिदा खारेज गरिदिएको थियो।















