सप्तकोसी नदीमा आजदेखि पुनः जेटबोट सञ्चालनमा – Sagarmathapana:: Online News Portal

सप्तकोसी नदीमा आजदेखि पुनः जेटबोट सञ्चालनमा

   २०८१ आश्विन २२ गते  

काठमाडौं ।  सप्तकोसी नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः जेटबोट सञ्चालनमा ल्याइएको छ ।

केही समय अगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । ‘चार्डबाडको समयमा यात्रुहरू आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा शुरू गरिएको हो ।

हाल सुनसरीको चतरादेखि बराहक्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ ।​​

आज बिहान सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पुगेर प्रजिअ सँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेललगायतले निरीक्षण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै