एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि टिभीको प्रसारण अवरूद्व – Sagarmathapana:: Online News Portal

एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि टिभीको प्रसारण अवरूद्व

   २०८१ आश्विन १२ गते  

एपीवान टेलिभिजनले भनेको छ- ‘बागमती नदीमा आएको बाढीका कारण एपीवान टिभीको प्रसारण अवरूद्व भएको छ । यसबाट हुन गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’

काठमाडौं । एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि प्रशारण अवरुद्ध भएको छ । बाढी पसेपछि अहिले सो टिभीको प्रसारण सेवा बन्द भएको जनाईएको छ ।

कार्यालयका गाडी, कम्युटर, ब्याकअपलगायतका सामाग्रीसहित डुबानमा परेकाले प्रशारण बन्द भएको एपीवानले जनाएको छ । एपीवानको कार्यालयभित्रसम्म बाढी पसेको कारण विद्युत सेवा अवरुद्ध भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै