गायिका समिक्षा अधिकारी लाई डेंगु संक्रमण
काठमाडौं- गायिका समिक्षा अधिकारी लाई अहिले डेंगु संक्रमण भएको छ । त्यसैले अहिले उनी आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेकी छिन् । डेंगु संक्रमण भएपछि उनले केहि सयम आराम गर्नुपर्ने भएको छ ।
आफूलाई डेंगु भएको उनले सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् ।
बोक्सीको घर’ फिल्मको ‘बुझिन मैले’ गीत लोकप्रिय भएपछि समिक्षा पार्श्व गायिकाको रूपमा पनि स्थापित भएकी छिन् । अहिले लोकप्रिय भइरहेको ‘घरज्वाईं’ को ‘कसम बत्तीको…’ गीतमा पनि उनकै स्वर सुन्न सकिन्छ ।












