नयाँ गीत“शंका गर्ने बानी”चाँडै सार्वजनिक हुने
काठमाडौं।देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दर्शक–श्रोताका लागि नयाँ गीत “शंका गर्ने बानी” सार्वजनिक हुने भएको छ। यस गीतलाई चाँडै सुबास गुरुङ अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइने जानकारी दिइएको छ।
गीतले विशेष गरी प्रेमी–प्रेमिका तथा श्रीमान–श्रीमतीबीच आपसी भावनात्मक दूरी, अविश्वास र त्यसबाट उत्पन्न हुने पीडा तथा वियोगका क्षणहरूलाई मार्मिक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ।
गीतमा तेज गिरी, शुसिला थापा र प्रगल्भ न्यौपानेले मोडलिङ गरेका छन् भने स्वर लोकप्रिय गायिका अन्जु पन्तको रहेको छ।


यस गीतका अन्य पक्षहरू :
शब्द/रचना : सुबास गुरुङ (गणेश)
संगीत : राम कुमार गुरुङ (आरके)
एरेन्ज : साहस शाक्य
रेकर्डिङ/मिक्सिङ : सन्तोष पौडेल (अलंकार रेकर्डस्)
मेकअप : गीतान्जली योगी
प्रोडक्सन मेनेजर : सुमन भट्टराई
सिनेमाटोग्राफी : योदिन योन्जन
पोष्ट–प्रोडक्सन : आरसु फिल्मस्
निर्देशन : राजेन्द्र खड्का
क्लाइम्याक्स आर्टले प्रस्तुत गरेको यस गीतमार्फत प्रेम, विश्वास र शंका बीचको संघर्षलाई यथार्थपरक कथा शैलीमा दर्शक–श्रोतासम्म पुरयाइने भएको छ।













