म्याग्दीमा साउन महिनाको उत्कृष्ट प्रहरीमा इन्स्पेक्टर सागर पौडेल
म्याग्दी।म्याग्दी जिल्लामा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउँदै सर्वसाधारणलाई सुरक्षित वातावरण दिलाउन सक्रिय भूमिका निर्वाह गरेका प्रहरी निरीक्षक सागर पौडेल साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डिएसपी सूर्य थापाले पौडेललाई ‘Best Police of the Month’ को रुपमा घोषणा गर्दै प्रमाणपत्रसहित सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो।
प्रहरी निरीक्षक पौडेलले आफ्नो कार्यक्षमता, प्रतिबद्धता र जनमैत्री सेवाका कारण जिल्लामा अपराध नियन्त्रण र जनविश्वास बढाउन उल्लेखनीय योगदान गरेको भन्दै कार्यालयले उच्च मूल्यांकन गरेको जनाएको छ।












