काठमाडौँ।मिति २०८१ साल माघ महिनाको २७ गते आईतवार सुनको भाउ पुनः उकालो लागेको छ ।
छापावाला सुन आईतवार नेपाली बजारमा प्रति तोला १ लाख ६८ हजार दुई सयमा कारोवार भयो भने तेजावी सुन १ लाख ५४ हजार ७० रुपैया प्रति तोलामा कारोवार भयो ।

चाँदी आईतवार प्रतितोला एक हजार ९ सय ६० मा कारोवा भयो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीन,मेक्सीको र क्यानाडाको सामानमा भन्सार दर वृद्धि हुँदा नेपालमा सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । प्रति औंस सुनको भाउ ३ हजार डलर सम्म पुग्ने शाक्यको भनाई छ । उहाँले केही दिनमै नेपालमा सुनको भाउ एक लाख ७५ हजार सम्म पुग्ने बताउनुभयो । नेपालमा सुनको भाउ बढ्दा कारोवारमा प्रभाव परेको शाक्यको भनाई छ ।






