आज गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै – Sagarmathapana:: Online News Portal

आज गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

   २०८१ माघ १५ गते  

१५ माघ काठमाडौ। यही माघ १० गतेदेखि शुरू भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राणा शासनको विरुद्धमा नागरिकलाई उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो।हरेक वर्ष शहिदहरुको सम्झनामा गरिदै आईरहेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी किनार शोभा भगवतीमा शहीदहरुको शालिकमा पुष्पगुच्छा अर्पणसहित सम्झना गर्न लागिएको हो।श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको ठाउँमा स्तम्भ,अर्ध कदको सालिक र पूर्ण कदका सालिक राखिएका छन्।

शहीद सप्ताह कार्यक्रम अन्तर्गत माघ १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको ठाउँ टेकु पचलीमा र अस्ति १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको ठाउँ सिफलमा स्थापना गरिएको सालिकमा पुष्प गुच्छा अर्पण गरिएको थियो ।

हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । शहीद दिवसको अवसरमा भोलि शान्ति बाटिकाबाट प्रभातफेरि गर्दै लैनचौरमा पुगेर सभा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै