काठमाडौं।संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न संसदीय कार्यसूचीमाथि छलफल हुने भएको छ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैबीच, आज संघीय संसद्अन्तर्गतका विभिन्न चार वटा संसदीय समितिको बैठकसमेत बस्दैछ।
संघीय संसद् सचिवालयका अनुसार अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज तय गरिएको छ।
समितिका बैठकमा सम्बन्धित विषय तथा विधेयकमाथि छलफल, समीक्षा र आवश्यक निर्णय प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाको बैठकसँगै संसदीय समितिका गतिविधि पनि अघि बढ्ने भएकाले आज संघीय संसद्मा विधायी तथा नीतिगत विषयमा छलफल हुने भएको छ।


