गायिका समिक्षा अधिकारी लाई डेंगु संक्रमण – Sagarmathapana:: Online News Portal

गायिका समिक्षा अधिकारी लाई डेंगु संक्रमण

   २०८१ आश्विन ९ गते  

काठमाडौं- गायिका समिक्षा अधिकारी लाई अहिले  डेंगु संक्रमण भएको छ । त्यसैले अहिले उनी आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेकी छिन् । डेंगु संक्रमण भएपछि उनले केहि सयम आराम गर्नुपर्ने भएको छ ।

आफूलाई डेंगु भएको उनले सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् ।

बोक्सीको घर’ फिल्मको ‘बुझिन मैले’ गीत लोकप्रिय भएपछि समिक्षा पार्श्व गायिकाको रूपमा पनि स्थापित भएकी छिन् । अहिले लोकप्रिय भइरहेको ‘घरज्वाईं’ को ‘कसम बत्तीको…’ गीतमा पनि उनकै स्वर सुन्न सकिन्छ ।

फिल्मका गीतहरू लोकप्रिय भएपछि उनको सांगीतिक व्यस्तता झन् बढेको छ । यिनै गीतहरुका कारण उनी देश-विदेशमा पनि चर्चित भइन् र कार्यक्रमका लागि देश-विदेश पनि पुगिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै