अशु र गगनको रोमान्टिक अवतार (भिडियो) – Sagarmathapana:: Online News Portal

अशु र गगनको रोमान्टिक अवतार (भिडियो)

   २०७८ फाल्गुन २१ गते  

काठमाडौँ। गायक निराजन राई र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘तिमि मनमा बसेछौ’ को भिडियो सार्वजनिक गरिएको छ। निराजन राईको शब्द तथा संगीत रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। प्यासिफिक प्रोडक्सनको प्रस्तुति रहेको भिडियोको निर्देशन चानस पुन मगरले गरेका छन्। गीतको अडियोको भाव अनुसारको स्टोरीमा भिडियो निर्माण गरेको निर्देशक मगरले बताए। भिडियोमा अशु र गगनको जोडी सुहाएको छ। निर्देशक मागले पनि भिडियो उत्कृस्ट बनाएका छन्।

पारिवारिक र बिहेको सेट लगायर सुट गरिएको भिडियोमा अशु न्यौपाने र गगन शाही फिचर्ड छन्। अनिश स्यान्ग्देनले छायाँकन गरेको भिडियोको सम्पादन कृष्ण भण्डारीले गरेका छन्। भिडियो प्यासिफिक प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै