ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन – Sagarmathapana:: Online News Portal

ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन

   २०८१ फाल्गुन १२ गते  

पोखरा।आइतबार पोखरास्थित हुल तथा दंगा व्यवस्थापन शिक्षालयमा मृत फेला परेकी सशस्त्र प्रहरी बल नेपालकी इन्स्पेक्टर सन्तोषी मतहको घटना छानबिनका लागि प्रहरीले छानबिन टोली गठन गरेको छ ।

सोमबार राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको स्रोतले जनाएको छ । शनिबार राती महत ब्यारेकको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् ।

२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । तर, प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । परिवारले ती इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका छन् ।

उनको शव अहिले परिक्षणका लागि काठमाडौं ल्याईएको छ । सिन्धुपाल्चोककी महतका बाबु आम हाल अष्ट्रेलियामा छन् । उनीहरु नेपाल आएपछि अन्त्येष्टि गरिने स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै