ओलीले अपराधीहरुलाई मन्त्री बनाएको उपेन्द्रको आरोप,सुशासन दिन नसक्ने ठोकुवा – Sagarmathapana:: Online News Portal

ओलीले अपराधीहरुलाई मन्त्री बनाएको उपेन्द्रको आरोप,सुशासन दिन नसक्ने ठोकुवा

   २०८१ फाल्गुन ५ गते  

काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा धेरैजसो अपराधी व्याकग्राण्ड भएकाहरु मन्त्री रहेको आरोप लगाएका छन् ।

आइतबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्ता अपराधी ब्याकग्राण्ड भएका मन्त्रीहरुसँग रहेर प्रधामन्त्री ओलीले देश र जनतालाई सुशासन दिन नसक्ने बताएका हुन् ।

‘अहिलेका मन्त्रीहरु हेर्नुस् त, कस्ता–कस्ता अपराधीहरु छन् ? विगतमा अपराधी व्याकग्राउण्ड भएकाहरु, कसरी–कसरी मन्त्री भएका छन् ? हेर्नुस् त, तिनले सुशासन दिन्छन् ? ती इमादार हुनसक्छन् ? ती वाल्मिकी बन्न सक्छन् ? धेरैको व्याकग्राण्ड त्यस्तो छ,’– अध्यक्ष यादवले भने ।

साथै, कांग्रेस, एमालेसहितका दलहरु मिलेर बनेको वर्तमान सरकारले संविधान संशोधन गर्न नसक्ने उनको ठोकुवा छ । ‘उहाँहरुले संविधान संशोधन गर्न सक्नुहुन्छ भन्ने विश्वास नै छैन । उहाँहरुले गर्नुहुन्न,’– उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै