वीरगंज महानगर देशभरकै कमजोर महानगर
वीरगंज -देशभरको ६ वटा महानगरको कार्यसम्पादनमा वीरगंज महानगर पहिलो स्थानमा अर्थात वैभव वीरगंज सबैभन्दा खराब अवस्थामा रहेको देखाएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा मूल्याङकन गर्दा वीरगंज महानगर सबभन्दा कमजोर अवस्थामा रहेको सूचकांङ्कहरूले प्रमाणित गरेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सूचकहरु मध्ये पालिकाले गरेको काम कर्तव्य, खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको लगायत समय सीमा भित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे–नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकम लगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ ।

सूचकांङ्कहरूको मापनले वीरगंज महानगर सबैभन्दा कमजोर स्थानमा रहेको देखाएको छ ।
वीरगञ्ज महानगर अन्तिम अर्थात पछाडिबाट पहिलो भई ४३.१ % अकं प्राप्त गरेका छन् ।













