सोमबार २१ अंकले ओरालो लाग्यो नेप्से – Sagarmathapana:: Online News Portal

सोमबार २१ अंकले ओरालो लाग्यो नेप्से

   २०७८ मंसिर १३ गते  

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेप्से २१ अंकले ओरालो लागेको छ । आज नेप्से २१.५१ अंकले बजार घटेर शेयर कारोबार मापक नेप्से परिसुचक २६२९.९७ अंकमा पुगेर बजार बन्द भएको छ ।

हिजो ८० अंकले ओरालो लागेको बजार आज पनि २१ अंकले घटेको छ । बजारसंगै कारोबार रकम पनि आज घटेको छ । हिजो ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँको कारोबार भएको थियो तर यस दिन कारोबार रकम खुम्चदै ४ अर्ब ८ करोड ९३ लाख ७ हजारमा सिमित भएको छ ।

आज दिनभर २ सय २८ कम्पनिका लगानिकर्ताले ८ करोड २२ लाख ५ हजार ८ सय २२ कित्ता शेयर ५१ हजार १ सय ३८ पटक किनबेच हुदा ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै