अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची बाट हट्यो
२४माघ, काठमाडौं।राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्न ल्याएका ६ वटा अध्यादेशहरू पेस नगर्ने भएको छ।
आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो।
कानुनमन्त्री चौरसियाले नयाँ बानेश्वर नै पुगेर सभामुख घिमिरेलाई प्रधानमन्त्रीको सन्देश सुनाएका लगत्तै दुवै सदनको कार्यसूची फेरिएको हो।
प्रधानमन्त्तीले आज अध्यादेश अघि नबढाउने भन्नुभयो,कानुनमन्त्री चौरसियाले सभामुखलाई भनेको भनाई उद्धृत गर्दै एक नेताले भने ।
प्रतिनिधिसभातर्फ कांग्रेस–एमालेको स्पष्ट बहुमत भएपनि राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको छ ।












