चितवनमा रवि लामिछाने विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुँदै – Sagarmathapana:: Online News Portal

चितवनमा रवि लामिछाने विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुँदै

   २०८१ माघ २१ गते  

२१ माघ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा उनीहरूलाई चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुन लागेको हो ।

प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले आज उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

रविसहितलाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालयका एक कर्मचारीले बताए

प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै