फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक: ट्रेलरमा बाबु छोरीको प्रेम, संघर्ष र रमाइलो – Sagarmathapana:: Online News Portal

फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक: ट्रेलरमा बाबु छोरीको प्रेम, संघर्ष र रमाइलो

   २०८१ माघ १९ गते  

काठमाडौँ । फागुन २ गते रिलिज हुने फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्मको ट्रेलर राजधानीमा विशेष कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरियो।

ट्रेलरमा बाबु छोरीको प्रेम, संघर्ष र रमाइलो क्षणहरू देख्न सकिन्छ। सलोन बस्नेतको विवाहदेखि सुरु भएको कथा छोरी आयुषी ढकाल को आगमनसँगै अगाडि बढ्छ। बाबुको मायालु साथ, छोरीसँगको रमाइलो तकरार र एउटा गहिरो भावनात्मक मोड ट्रेलरले प्रस्तुत गरेको छ। अन्तिम दृश्यमा स्टेजबाट छोरीले बाबुप्रति व्यक्त गरेको प्रेमले दर्शकको मन छोएको छ।

फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारी को अभिनय छ। निर्देशन सुरेश न्यौपाने को रहेको छ, जसका लागि यो डेब्यू फिल्म हो।

फिल्मकी निर्मात्री करिश्मा केसी बस्नेत ले यो कथाले बाबु छोरीको सम्बन्धलाई नयाँ ढंगले प्रस्तुत गर्ने बताइन्। प्रस्तुतकर्ता सलोन बस्नेत ले ‘रंगी’लाई माया र संघर्षको कथा भनेका छन्, भने निर्देशक सुरेश न्यौपाने का अनुसार यो फिल्म मात्र नभई एक गहिरो भावना हो।

फिल्मको लेखन सुमन गजमेर ले गरेका छन्, छायांकन सौरभ लामा ले गरेका छन् भने दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसी को संगीत रहेको छ। पोस्टर, टिजर र गीतले दर्शकको ध्यान खिचिसकेको अवस्थामा ट्रेलरले फिल्मप्रति उत्सुकता झन् बढाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै