उद्यमशीलताबाट रोजगारी : देउवा – Sagarmathapana:: Online News Portal

उद्यमशीलताबाट रोजगारी : देउवा

   २०८१ माघ १६ गते  

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’को उद्घाटन समारोहमा बोल्दै गाउँ – गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।
उनले भने, हालसालै सरकारले उद्यमी, व्यापारी, व्यवसायीले भोग्नुपरेका कानुनी तथा प्रक्रियागत झन्झट अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न कानुन ल्याएको छ, यो कानुनले यस क्षेत्रको सुधारमा आवश्यक सहयोग पुग्ने विश्वास लिएको छु ।’
स्थानीय उद्यमशीलता सगै राज्यले सूचना प्रविधिको क्षेत्रमा पनि विशेष ध्यान दिनुपर्ने भएको बताउँदै सभापति देउवाले यी सबै कार्य गर्न राजनीतिक स्थिरतासँगै पूँजी प्राकृतिक स्रोत मानव संशाधन र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्नेमा जोड दिए ।

‘सभापति देउवाले भने, ‘व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यसँगै निरन्तरता दिनुपर्ने साथै सरकारको पनि साथ,समर्थनको उत्तिकै आवश्यक भएको बताए। पछिल्लो समय ‘स्टार्ट अप’ व्यवसायतर्फ आकर्षण बढ्दो छ, युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढङ्गले काम गर्ने प्रयास गर्दैछन्, यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ,’ सभापति देउवाले भने यसको लागि सरकारले उद्यमीलाई लगानीमा साथ दिनुपर्छ।

‘यहाँ भएको साना तथा मझौला व्यवसाय सम्मेलनले बेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ,’ सभापति देउवाले भने यो  सम्मेलनको माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनसमेत टेवा पुग्ने मेरो विश्वास छ।उनले यस सम्मेलनको छलफलबाट आएका निष्कर्षले एउटा कार्ययोजनाको खाका तय गर्नेछ उक्त तयार भएको कार्ययोजनाले पाटी र सरकार दुबैलाई  मार्गदर्शन गर्ने अपेक्षा गरे ।

सम्मेलनमा विभिन्न क्षेत्रका सिकाइ, अनुभव र विचारबाट एक अर्कामा ज्ञानको प्रवाह हुने आयोजकको भनाइ छ। खासगरी केही गरौँ भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ।   सम्मेलन आज र बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै