भारतका अतिरिक्त सचिव महावर र परराष्ट्रमन्त्री राणा विच भेटवार्ता
१६ माघ, काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विच भेटघाट भएको छ।भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले जनाएको छ ।
अतिरिक्त सचिव मुनु महावरले गृहमन्त्री लेखकसँग पनि भेट गरेका छन् उक्त भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दुवै देशका सीमा सुरक्षाबलबीचको सम्बन्ध र सहकार्य, गर्ने लगाएको विषयमा छलफल भएको थियो ।












