अनुमतिपत्र लिएर मात्र सामाजिक सञ्जाल संचालन गर्न पाईने। – Sagarmathapana:: Online News Portal

अनुमतिपत्र लिएर मात्र सामाजिक सञ्जाल संचालन गर्न पाईने।

   २०८१ माघ १५ गते  

१५ माघ, काठमाडौं।संसदमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले दर्ता गराएको विधेयकमा अनुमति नलिई नेपालमा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल संचालन गर्न रोक लगाइने भएको छ।
यो विधेयक संसदबाट पारित भए पश्चात् ऐनको रूप लिएको ६ महिनाभित्र फेसबुकलगायत सामाजिक सञ्जालले सामाजिक सञ्जाल विभागमा सञ्चालनका लागि अनुमति लिई सूचीकरण गर्नुपर्नेछ।
विभागले यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त नगरेको वा अनुमति पत्र रद्द भएका फ्लेटफर्मलाई नेपालभित्र सञ्चालन गर्न रोक लगाइनेछ भनि विधेयकको परिच्छेद २ को सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन अनुमति अन्तर्गत दफा ९ को उपदफा १ मा भनिएको छ।
सरकारले नेपाल बाहिर बाट सञ्चालित सामाजिक सञ्जालका हकमा नेपालमा सम्पर्क विन्दु व्यवस्था नगरेमा, गुनासो सुनुवाइ संयन्त्रको व्यवस्था नगरेमा त्यस्ता सामाजिक सञ्जाललाई  पनि रोक लगाउन सक्ने गरी प्रस्ताव ल्याएको छ ।

यस्तै,मुलुकको सार्वभौमसत्ता,स्वाभिमान,भौगोलिक अखण्डता, स्वाधीनता राष्ट्रिय सुरक्षा,राष्ट्रिय एकता, खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूलका विषयवस्तु प्रसार गरे वा गराएमा सरकारले उक्त व्यक्तिको अनुमतिपत्र खारेज गर्न सक्नेछ ।
तर, विभागले अनुमतिपत्र व्यक्तिलाई अनुमतिपत्र खरेज गर्नुपर्ने नपर्ने कुनै  आधार र कारण भए पेश गर्न १५ दिनको मौका भने दिन सक्ने व्यवस्था विधेयकमा गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै