१४ माघ, काठमाडौं । केही दिन अघिसम्म अस्वस्थ भएका प्रधानमन्त्री ओली आज तीन वटा सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्।
प्रधानमन्त्री ओली आज बिहान साढे १० बजे सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको कार्यक्रम ललितपुर,दिउँसो १ बजे उनी भक्तपुरको कटुन्जेस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रम र त्यसपछि साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी हुने कार्यक्रम छ ।
धेरै दौडधुप नगर्न र आराम गर्न चिकित्सकको सल्लाह अनुसार उनी ललितपुर र भक्तपुरका कार्यक्रम नजिक भएकाले मात्र सहभागी हुन लागेको स्रोतले बताएको छ।
यसअघि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि सार्वजनिक कार्यक्रममा उनी भर्चुअल रुपमा मात्र सहभागी भएका थिए ।












