पोखरा घटनाबारे सत्यतथ्य छानबिन गर्न माग:सांसद विनिता कठायत – Sagarmathapana:: Online News Portal

पोखरा घटनाबारे सत्यतथ्य छानबिन गर्न माग:सांसद विनिता कठायत

   २०८१ माघ १४ गते  

काठमाडौं । एनजीओको रक्सी खाएर आफ्ना पार्टीका नेताहरुको कुरा काटेको भन्दै संसदीय समितिमा आक्रोशित बनेकी रास्वपाकी सांसद विनिता कठायतले पोखरा घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गरेकी छन् । आइतबार संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा निवदन दिँदै कठायतले छानबिनको माग गरेकी हुन् ।

दुई साता अघि एक कार्यक्रमको लागि समिति सभापति कुसुमदेवी थापा मगरसहितका सांसदहरु पोखरा पुगेका थिए । पोखरा बसाईको क्रममा एनजीओको रक्सी खाएर रास्वपाका सभापति रवि लामिछाने सांसदद्धय सुमना श्रेष्ठ र सोविता गौतमको कुरा काटेको उनको आरोप छ ।

पोखरा पुगेको बेला बसेको पोखरास्थित होटल ओपन हाउसको सीसीटीभी फुटेज मगाउन भन्दै समितिमा निवेदन दिएकी छिन् । साथै, उनले २९ पुसको होटलको बिल भर्पाई पनि झिकाउन भन्दै समितिमा निवेदन दिएकी हुन्

सो अनुगमपछि काठमाडौंमा बसेको समितिको बैठकमा कठायतले पोखराको होटलमा मदिरा सेवन गरी आफ्नो पार्टीका सभापति तथा अन्य नेताहरूलाई अपमान गरेको बताएकी थिइन् । त्यसपछि समिति सभापति थापाले प्रमाण पेस गर्न चुनौती दिएपछि कठायतले निवेदन दिएर छानबिन गर्न माग गरेकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै