यूएईमा राहदानी नवीकरण सेवा शिविर सञ्चालन ५४८ जना लाभान्वित – Sagarmathapana:: Online News Portal

यूएईमा राहदानी नवीकरण सेवा शिविर सञ्चालन ५४८ जना लाभान्वित

   २०८१ माघ १३ गते  

काठमाडौँ । यूएईमा कार्यरत नेपालीहरुका लागि शनिबार राहदानी नवीकरण सेवा शिविर सञ्चालन गरिएको छ । नेपाली राजदूतावास, अबुधाबीमा विशेष काउन्टहरु स्थापना गरी शिविर सञ्चालन गरिएको हो ।

राजदूतावासमा राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको सङ्ख्या दिनानुदिन अत्यधिक बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै भिषाको अवधि समाप्त भइसकेका, राहदानी हराएका र म्याद सकिनै लागेका तथा विभिन्न कारणले समस्यामा परी नवीकरण गर्नुपर्ने अवस्था भएका हरूका लागि विशेष प्राथमिकता दिई शिविर सञ्चालन गरिएको र  शिविरमा ५४८ जना नेपालीहरुको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै उक्त अवसरमा कन्सुलर प्रमाणीकरण सेवा समेत उपलब्ध गराइएको थियो। राहदानी नवीकरणका लागि विशेष काउन्टहरु सञ्चालन गर्ने कार्यमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले स्वयंसेवकहरु उपलब्ध गराई आवश्यक सहयोग प्रदान गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न सधैं क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको  छ। दूतावासले यसअघि पनि विभिन्न सार्वजनिक विदाका दिनहरुमा विशेष काउन्टरहरु सञ्चालन गरेर यस किसिमका शिविरहरु सञ्चालन गर्दै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै